
प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले सबै महिलालाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेनिटरी प्याडको व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताइन् ।
सांसदहरूका लागि संघीय संसद् भवनमै सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि आग्रह गरिन् ।