३१ असार २०८३, बुधबार
हवाई असुरक्षा

काठमाडौंबाट बैंग्लोर उडेको जहाजमा चरा ठोक्किएको आशंका, तीन मिनेटमै विमानस्थल फर्कियो

काठमाडौंबाट बैंग्लोर उडेको जहाजमा चरा ठोक्किएको आशंका, तीन मिनेटमै विमानस्थल फर्कियो
फाइल तस्बिर

काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकापछि विमानस्थलमै फर्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २:२० मा उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाजमा चरा ठोक्किएको आशंकापछि उडेको तीन मिनेटमै विमानस्थल फर्किएको कार्यालयले जनाएको छ । 

अहिले जहाजको निरीक्षण गर्ने काम भइरहेको कार्यालयका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार जहाजमा १५४ जना यात्रु थिए । यात्रुहरूलाई अर्को जहाजबाट बैंग्लोर पठाउने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्