काठमाडौं, २२ भदौ–काठमाडौंको बालाजुस्थित गुणस्तर तथा नापतौल विभागका कर्मचारी ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
घुससहित पक्राउ पर्नेमा शाखा अधिकृत विकाश धोजु तथा दुई नायवसुब्बा दुर्गा प्रसाद रेग्मी र ठाकुरराम खड्का छन् ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
ट्याक्सीको मिटर जडान गर्ने विषयमा विभिन्न व्यक्तिबाट घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीमा रहेको एक क्याफेबाट पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।