०३ असार २०८३, बुधबार

दोक्लम विवाद : दुवै देशका सैनिक सीमाभन्दा १५० मिटर वरै बस्ने

कात्तिक २०, २०७४
दोक्लम विवाद : दुवै देशका सैनिक सीमाभन्दा १५० मिटर वरै बस्ने

काठमाडौं, २२ भदौ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको सियामेनमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेपछि दोक्लममा विवाद अन्त्यसम्बन्धी नयाँ सहमति बनेको खुलेको छ ।


स्रोतहरूका अनुसार भारतीय र चिनियाँ सेना दुवै सीमाभन्दा १५० मिटर पर आफ्नै क्षेत्रमा सरेका छन् । अर्थात् उनीहरूबीच ३०० मिटरको दूरी छ ।

एकहत्तर दिनसम्म आँखामा आँखा जुधाएर बसेका दुवै देशका सैनिकहरू अहिले आपसी सहमतिमा पछि हटेका हुन् ।

भारतीय सेना भुटानी भूमिको ४०० मिटरभित्र घुसेकोमा अहिले पछि हटेका छन् भने चिनियाँ सेना चुम्बी उपत्यकाभन्दा निकै पर यातुङ पुगेका छन् ।

स्रोतहरूका अनुसार अहिलेको तैनाथी अन्तरिम मात्र हो । दुवै पक्ष थप पछि हट्ने र पूर्ववत स्थितिमा रहने बुझिएको छ । तर यो कदम कहिले चालिने हो भनी मिति तोक्न नसकिने र केही हप्तामा यो देखिने स्रोत बताउँछ ।

भारतीय सेनाले जतिखेर पनि तयारी अवस्थामा रहनका लागि सबै ब्रिगेडका एक तिहाइ सैनिक उच्च क्षेत्रमा रहने र आफूलाई मौसमअनुकूल बनाइराख्ने प्रस्ताव सरकारसमक्ष राखेको छ ।

दी इन्डियन एक्सप्रेसबाट

salt training

कमेन्ट गर्नुहोस्