
सभामुख देवराज घिमिरेले संसदीय समितिका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराएका हुन् ।
“संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन’ सभामुख घिमिरेले भेन ।
“तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उनले भने ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।
संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मनोनयन भए पनि सभापित चयनको प्रक्रिया अझै शुरु भएको छैन ।