
अर्थमन्त्रीले डा. प्रकाशशरण महतले संकुचनमा गएको अर्थतन्त्र सुधार्ने प्रयास गरेर बजेट तयार गरिएको बताएका छन् । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्ने प्रयास गरेर बजेट तयार गरिएको बताएका हुन् ।
निजी क्षेत्रको मनोबल बढाउन र प्रोत्साहन गर्ने गरी बजेट तयार पारिएको उनले बताए ।
अर्थतन्त्रलाई गतिशील बनाउने र निजी क्षेत्रको मनोबल बढाउनेगरी आगामी आर्थिक वर्षको बजेट निदृष्ट गरिएको उनले बताए ।