३० असार २०८३, मंगलबार

‘मंगलम’ मा पुष्पले शिल्पालाई भन्छन्, ‘पर्ख पर्ख मायालु’

कात्तिक २०, २०७४
‘मंगलम’ मा पुष्पले शिल्पालाई भन्छन्, ‘पर्ख पर्ख मायालु’

काठमाडौं, २२ भदौ – अभिनेता पुष्प खड्का र शिल्पा पोखरेल अभिनित चलचित्र ‘मंगलम’ को गीत ‘पर्ख पर्ख मायालु’ सार्वजनिक भएको छ ।

लोक लयमा आधारित उक्त गीतमा पुष्प खड्का र शिल्पा पोखरेललाई भिडियोमा देख्न सकिन्छ । गीतमा दीपक शर्माको संगीत तथा शब्द छन् भने कृष्ण काफ्ले र विन्दु परियारले स्वर दिएका छन् ।

पुष्प, शिल्पासहित साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज पर्साइँ, नीर शाह, मिथिला शर्मा लगायतले चलचित्रमा अभिनय गरेका छन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

गोविन्द फुयाँल र नवल नेपालले संवाद लेखेको चलचित्रमा अलिश कार्कीको पाश्र्व संगीत छ भने विष्णु कल्पित घिमिरेले फिल्मको छायांकन गरेका छन् ।

आउँदो असोज ११ गते प्रदर्शन हुन लागेको चलचित्रको केही दिनअघि फस्ट लुक पनि सार्वजनिक गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्