कात्तिक २५, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
जेठ १५, २०८०
द ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरू आइएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीहरूले विभिन्न अवसरहरूमा भाग लिन पाउनेछन् ।
आठदेखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफूलाई अब्बल सावित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएका हुन् ।
अनमोल कार्की (बीएससी आईटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चारजना विद्यार्थी जर्मनी जानेछन् ।
योगेश श्रेष्ठ (एमएस्सी आईटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स, र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन् । गरिमा ढकाल (बीएससी आईटी लेभल ६) कम्प्यूटर प्रोग्रामिङ इन्टर्नशिपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियलफोर्सचुङ अण्ड प्रुफङ (बीएएम) मा जानेछिन् ।
त्यस्तै प्रिया दङ्गल (बीबीए, लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन् ।
त्यस्तै अवंतिका नेपाल (बीएससी आईटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन्, जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन् ।
अवसर पाएकोप्रति उनले भनिन्, ‘आईएईएसटीई र टीबीसीसँगको यो अवसरको लागि धन्यवाद दिन चाहन्छु । मैले डाड (जर्मन सरकारी छात्रवृत्ति) पाउन सफल भए भने नेपालका लागि जर्मन राजदूतलाई भेट्ने अविश्वसनीय मौका पाएँ । यो मेरा लागि एक अद्भुत अनुभव थियो जसले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको महत्वको सम्झना दिलाउँछ । म नेपालकै उत्कृष्ट आईटी कलेजसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस गर्छु ।’
यो महत्वपुर्ण उपलब्धि प्राप्त गर्न सफल भएकोमा ब्रिटिश कलेजले उनीहरूप्रति उत्साह थप्न एक कार्यक्रम आयोजना गरेको थियो । उपलब्धिबारे चर्चा गर्दै मार्केटिङ प्रमुख अमरदीप मण्डलले भने,‘यो एक अविश्वसनीय पहल हो र कलेजमा अन्तर्राष्ट्रिय अवसरहरूको शुरुवात मात्र हो ।
यस्ता धेरै अवसरहरु आउनै बाँकी रहेका छन् । हालैमात्र टीबीसीमा अध्ययन गरेका तीन जना विद्यार्थीहरूले दुवईको प्रतिष्ठित कम्पनीमा रोजगारी प्राप्त गरे । उनीहरुको उज्वल भविष्यको कामना गर्दर्छु ।’
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले जलवायु वित्तको कम्तीमा ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गर्न माग गरेको छ । महासङ्घले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय आज सार्वजनिक गर्दै उपभोक्ता समूहको निर्णयअनुसार ...
म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका&...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...