०३ असार २०८३, बुधबार

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा
प्रतिकात्मक तस्वीर

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।

गाउँपालिकाले १६औं गणतन्त्र दिवसका अवसरमा पालिका भित्रका १६ हजार ९८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कूल १२ लाख १६ हजार ६४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो ।

बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटबापत प्रतिबीमा पोलिसी २० रुपैयाँ लागत परेको अध्यक्ष बन्जराले बताए ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए ।

‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारी पत्रमा सोमवार हस्ताक्षर भएको छ,’ अध्यक्ष बन्जराले भने, ‘सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्