
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।
दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनगरका बासिन्दा थिए । उनी अफिसबाट फर्कंदै थिए ।
निर्माणाधीन फ्लाइओभरमा कार कुदाउँदा ३० फिट तल खसेर जगनदीपको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै दैनिकभाष्कर खबर लेखेको छ ।
उनले मादक पदार्थ सेवन गरेको हुनाले बाटोको अलमलमा परेर निर्माणाधीन फ्लाइओभरमा गएको हुन सक्ने प्रहरीको आशंका छ ।
दुर्घटनाबारे यात्रुले प्रहरीलाई खबर गरेका थिए
त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर जगन्दीपलाई ध्वस्त भएको कारबाट निकाल्ने प्रयास गरेको थियो ।
करीब २ घण्टाको प्रयासमा जगनदीपलाई कारबाट निकालेर अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले तत्कालै मृत घोषणा गरे ।