२५ जेठ २०८३, सोमबार

ए डिभिजन लिग फुटबलमा जाउलाखेलद्वारा त्रिभुवन आर्मी क्लब पराजित

ए डिभिजन लिग फुटबलमा जाउलाखेलद्वारा त्रिभुवन आर्मी क्लब पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ।​

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो । 

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । 

त्यसपछि खेलको ७८ औं मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । 

जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्