असोज ६, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।
तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ ।
सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...
नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङस...
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...
सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...