२३ जेठ २०८३, शनिबार

नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवसीय नेपालीहरू खुशी

नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवसीय नेपालीहरू खुशी

नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवसीय नेपालीहरूले खुशी व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन्।

एनआरएनए केन्द्रीय सचिव गंगाधर गौतमले विधेयक प्रमाणीकरण भएसँगै आफूहरूको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् । ‘एक पटकको नेपाली, सधैँभरिको नेपाली भन्ने हाम्रो अभियानले सार्थकता पाएको छ’ उनले भनेका छन् ।

विदेशमा रहेका धेरै नेपालीसँग नेपाली नागरिता नभएको बताउँदै उनले विधेयकले त्यस्ता नेपालीलाई गैरआवसीय नेपालीको रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधान २०७२ जारी भएको आठ वर्षपछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्