२७ जेठ २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण अदालत पुगेपछि के हुँदैछ ?

नक्कली भुटानी शरणार्थी प्रकरण अदालत पुगेपछि के हुँदैछ ?

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोग दर्ता गराएपछि जिल्ला अदालत काठमाडौंमा आरोपीको बयान चलिरहेको छ ।

आरोपितमध्ये बुधवार ४ जना प्रतिवादीको बयान लिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधवार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको छ । हालसम्म १२ प्रतिवादीको बयान लिइसकिएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेका प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्