०९ असार २०८३, मंगलबार

लीग परीक्षण गरेको ४ वर्षपछि विराटनगर आउँदै कार्गाे रेल

जेठ १८, २०८०
लीग परीक्षण गरेको ४ वर्षपछि विराटनगर आउँदै कार्गाे रेल

रेलको लीग परीक्षण सफल भएको ४ वर्षपछि कार्गाे रेल विरानगर आउने भएको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको संयुक्त उद्घाटन गर्दैछन् । 

भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालनमा आउन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा लगभग ६ विगाहा जग्गाको मुआब्जा विवादका कारण निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग सञ्चालनका लागि योग्य रहेको इन्जिनीयर अमन चित्रकारले बताए । २०६८ देखि शुरू भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न गर्ने सम्झौता भए पनि जग्गा मुआब्जाले केही क्षेत्र प्रभावित छ ।

मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति कटहरीका जग्गाधनीले असहमति जनाएपछि काम अगाडि बढ्न सकेको छैन ।
 
जिल्ला अदालत मोरङले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि जग्गाधनीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुआब्जा विवाद समाधान भए भारत सरकारलाई हस्तान्तरण गर्न बाँकी रहेको जमिन नेपालले हस्तान्तरण गर्ने र कटहरीमा अन्तिम रेल स्टेसनको काम हुने उद्योगी बताउँछन् ।

बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमिटर दूरीमा पहिलोपटक २०७६ कात्तिकमा रेलवे लीग परीक्षण गरिएको थियो ।

विराटनगरका उद्योगीहरूले कार्गो रेल सञ्चालन हुने हो भने आफूहरूलाई ढुवानी भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्