
प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार बेलुका सार्वजनिक ‘इँटा भट्टीको’ बोलको गीतको भिडियोमा उनी मोडल दुर्गेश थापाको जोडीको रुपमा प्रस्तुत छिन् । कुसुमको यो तेस्रो म्युजिक भिडियो हो ।

यम थापा मगरको शब्द, संगीत र संगीत संयोजन रहेको यस गीतमा दिपेन थापाको स्वर छ । दुर्गेश थापाकै कथा एवं कन्सेप्टमा तयार भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् ।
दुर्गेश र कुसुम ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा भिडियोमा देखिएका छन् । भिडियो अनुसार गाउन र नाच्न सिपालु दुर्गेशको जब एक युट्युबरले ईंट्टाभट्टामै काम गर्दा अन्तवार्ता लिन्छन्, त्यसपछि उनी स्रोता एवं दर्शकसामु छाउँछन् । उनको जीवनले नयाँ मोड लिन्छ, रातारात ‘स्टार कलाकार’ बन्छन् उनी ।
यो भिडियोलाई राम केसीले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।