२५ जेठ २०८३, सोमबार

काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
फाइल फोटो

काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।

काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए ।

उनका अनुसार उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालयबाट प्राप्त वृद्धभत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्