२१ जेठ २०८३, बिहीबार

रामायण सर्किट परियोजनालाई छिट्टै अघि बढाउने भारतको प्रतिबद्धता

जेठ १८, २०८०
रामायण सर्किट परियोजनालाई छिट्टै अघि बढाउने भारतको प्रतिबद्धता
Photo : ANI

भारतले रामायण सर्किट परियोजनालाई मूर्त रूप दिनका लागि छिट्टै काम थालिने जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा रामायण सर्किटको पनि कुरा उठेको हो । 

त्यस विषयमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले थप विवरण दिएका छन् । 

क्वात्राले पत्रकारहरूलाई दुई प्रधानमन्त्रीबीचको वार्तामा उठेका कुरालाई लिएर गरिएको प्रश्नको उत्तर दिने क्रममा रामायण सर्किटको काम अघि बढाइने बताएका हुन् । 

‘प्रधानमन्त्री मोदीले रामायण सर्किटसँग जोडिएका परियोजनालाई सकेसम्म छिटो कार्यान्वयन गर्नका प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले बताए, ‘दुई देशबीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप गहिरो बनाउनका लागि यो परियोजना आवश्यक छ ।’

अहिले परियोजना आरम्भिक चरणमा रहेको क्वात्राले बताए । 

‘परियोजनाका सम्भाव्य क्षेत्रहरूको पहिचान गर्ने काम भइरहेको छ,’ उनले बताए, ‘त्यसपछि परियोजनाको डीपीआरमा काम थालिनेछ र तिनको एक्जेक्युसन (कार्यान्वयन) मा काम हुनेछ ।’

नेपाल र भारतका दुई पवित्र धार्मिक स्थल जनकपुर र अयोध्यालाई तथा भगवान् राम र माता सीता पुगेको विभिन्न स्थानलाई रामायण सर्किटले जोड्ने लक्ष्य लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्