०८ साउन २०८३, शुक्रबार
भारत भ्रमण

प्रचण्ड र मोदीको कुराकानीमा उठेन अखण्ड भारतको नक्साको कुरा

प्रचण्ड र मोदीको कुराकानीमा उठेन अखण्ड भारतको नक्साको कुरा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । 

भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत समेटिएको अखण्ड भारतको नक्सा भित्तेचित्र (म्युरल) का रूपमा राखिएको तस्वीर सार्वजनिक भएपछि नेपालमा विवाद उठेको थियो ।

तर प्रचण्ड र मोदीबीच यस विषयमा कुनै पनि कुरा नउठेको भारतीय विदेशसचिव विनयमोहन क्वात्राले बताएका छन् । 

पत्रकार सम्मेलनका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा क्वात्राले यो विषय २ प्रधानमन्त्री बीचको संवादमा प्रवेश नगरेको बताए । 

‘दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको भेटघाट र प्रतिनिधिमण्डल स्तरमा भएको बैठकमा यो कुरा नउठेको मेरो बुझाइ हो,’ क्वात्राको भनाइ छ । 

यसका साथै प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन तथा अग्निवीर परियोजनाका कारण गोर्खा भर्तीमा परेको समस्या लगायतका विषयमा पनि २ प्रधानमन्त्रीबीच कुराकानी नभएको जानकारी क्वात्राले दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्