२९ जेठ २०८३, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमण

दिल्लीबाट उज्जैन गएर महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दै प्रधानमन्त्री प्रचण्ड

दिल्लीबाट उज्जैन गएर महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दै प्रधानमन्त्री प्रचण्ड

औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार मध्य प्रदेशको उज्जैन गएर महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्दैछन् ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रवार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनी १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड पूजाअर्चना गर्न आउने भएपछि शुक्रवार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको जनाइएको छ ।

उज्जैनमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्नेछन् । पूर्जाअर्चनापछि उनी इन्दोर प्रस्थान गर्नेछन् । ४ दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली भोलि शनिवार स्वदेश फर्किने कार्यतालिका छ ।
 

salt training

कमेन्ट गर्नुहोस्