२२ असार २०८३, सोमबार

पितृको श्राद्ध गर्दा हुन्छन् यी ६ फाइदा

कात्तिक २०, २०७४
पितृको श्राद्ध गर्दा हुन्छन् यी ६ फाइदा


गरुड पुराणमा उल्लेख गरिएअनुसार तुलसीबाट पिण्डार्चन गर्न (पिण्ड पाउन) का लागि पितृगण प्रलयपर्यन्त तृप्त हुन्छन् ।

जब उनीहरु तुलसीको गन्धसहित पिण्ड प्राप्त गर्छन् प्रसन्न भएर गरुडमा सवार हुँदै विष्णुलोक जान्छन् । पितर (पितृ) प्रसन्न हुनु भनेको सबै देवता प्रसन्न हुनु सरह हो ।

शास्त्रहरुमा श्राद्धभन्दा कल्याणकारी कार्य अन्य कुनै पनि नभएको भनेर उल्लेख गरिएको छ । यस्तै वंशबृद्धिका लागि पितृको आराधना नै एकमात्र उपाय भएको शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

आयुस् पुत्रान् यशस् स्वर्ग कीर्तिं पुष्टिं बलं श्रियम्।
पशुन् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात्।।  (यमस्मृति, श्राद्धप्रकाश)


पितृको श्राद्ध गर्दा यस्ता फाइदा हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ;

– श्राद्ध–कर्मले मानिसको आयु बढ्छ ।
– पितृगणले मानिसलाई पुत्र (सन्तान) प्रदान गरेर वंश विस्तार गर्छन् ।
– परिवार धन्य–धान्यले भरिपूर्ण हुन्छ ।
– श्राद्ध–कर्मले मानिसको शरीरमा बल–पौरुष (शक्ति) बढ्छ ।
– श्राद्ध गर्दा पितृले स्वास्थ्य, बल, श्रेय, धन–धान्य आदि सबै सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन् ।
– पितृको श्राद्ध गरिने परिवारमा कुनै पनि प्रकारको कलह बाँकी रहँदैन ।

salt training

कमेन्ट गर्नुहोस्