०७ साउन २०८३, बिहीबार

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ ।

श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिवार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । 
 
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए । सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन् । २ हजार ९७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनी बताउँछन् ।

प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिनेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्