×

Dabur
MG

प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्ड महाकालेश्वरमा १०८ रुद्राक्ष माला चढाएर पूजा गर्दै, सुरक्षा व्यवस्था कडा

जेठ १९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् ।

yONNEX
Sagarmatha Cement

राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोरबाट ५० किलोमिटर सडकयात्राबाट प्रचण्ड उज्जैन पुग्नेछन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

प्रधानमन्त्री प्रचण्डको यात्रालाई मध्यनजर गरेर सडकलाई एकतर्फी मात्रै सञ्चालन गरिएको छ भने एकातर्फ बन्द गरिएको छ । प्रचण्डले पूजा गर्ने समयमा मन्दिरलाई सर्वसाधारणका लागि बन्द गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

भारत भ्रमणका क्रममा प्रचण्डको व्यक्तिगत इच्छाअनुसार नै उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । मन्दिरमा पूजाका क्रममा प्रचण्डले १०८ वटा रुद्राक्ष माला चढाउने बताइएको छ ।

Vianet communication
Laxmi Bank

प्रचण्डसँगै पूजाअर्चनामा छोरी गंगा दाहाल पनि सरिक हुनेछिन् । प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै महाकालेश्वर मन्दिरमा पूजा गर्ने कार्यक्रम राखेको स्रोतको दाबी छ ।

मन्दिरमा चढाउने रुद्राक्ष माला राखिएका डब्बाहरू

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले सम्पादन गरेको कामबारे उनले जानकारी लिने कार्यसूची छ ।

फोहोर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।

शनिवार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीवार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा २ देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै क...

असोज १३, २०८०

नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...

असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...

असोज १३, २०८०

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष कैलाश ढुंगेलले प्रदेशमा पार्टीलाई पहिलो बनाउन लागि पर्ने बताएका छन् । गएराति प्रदेश अध्यक्षमा निर्वाचित भएलगत्तै लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ...

असोज १३, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक ए...

असोज १३, २०८०

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा (सुर्खेत) नियुक्त भएका छन् । साउन १० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णअनुसार सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा विश्वक...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x