०८ साउन २०८३, शुक्रबार

भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । 

इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गरिएको थियो । नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसर पारेर उनले सगरमाथाको आरोहण गरेका हुन् । हाल इन्टरपोलमा १९५ राष्ट्र सदस्य छन् । हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो । 

मन्त्री श्रेष्ठले नेपाल प्रहरी र नेपाल सरकारलाई गौरव गर्ने अवसर प्रदान गरेकोमा आरोही नेपालीलाई बधाई दिएका थिए ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै उनले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने बताए । भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

salt training

कमेन्ट गर्नुहोस्