
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुबस्त्र धारण गरेर पूजा–अर्चना गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रचण्डले उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा १०८ वटा रुद्राक्षको माला चढाएर पूजा–अर्चना गरेका हुन् ।
नेपालका कम्युनिस्ट नेताहरू सामान्यतया मन्दिर जाँदैनन् । प्रचण्ड पनि यसअघि मन्दिर गएर पूजा गरेको सार्वजनिक जानकारीमा छैन ।
तर, भारत भ्रमणका क्रममा प्रचण्डले गेरुबस्त्र नै लगाएर पूजा गरेका हुन् ।
पूजा–अर्चना र मन्दिर परिसरको वास्तुकला अवलोकनपछि प्रधानमन्त्री प्रचण्ड होटल इन्दोर मेरियटमा पुगेका छन् ।
प्रचण्ड भोलि अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।
हेर्नुहोस्, भिडियो :