×

Dabur
MG

संघर्षको प्रतिफल

सुशीला वादी : उच्च शिक्षाको प्रमाणपत्र छैन, अनुभवको 'डिग्री' छ

बुटवल | जेठ २०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

लुम्बिनी प्रदेशकी सांसद सुशीला वादीको समुदायले वर्षाैंदेखि जातीय विभेद भोग्दै आयो । सुशीला लुम्बिनी प्रदेशको पहिलो र एक मात्र वादी समुदायकी प्रदेशसभा सदस्य हुन् ।

yONNEX
Sagarmatha Cement

उनी दलित भित्रको पनि अति पिछडिएको दलित, अछुत, अपहेलित तथा शोषणमा पारिएको गरीब वादी समुदायबाट प्रतिनिधित्व गर्छिन् । संघर्षको प्रतिफल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ की सुशीला नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘जातीय विभेद र वादी समुदायको विकास र उत्थानका लागि सडकदेखि विभिन्न ‘फोरम’हरूमा आवाज उठाउँथे,’ सुशीला भन्छिन्, ‘अब संसद्मा आवाज र अधिकारबारे बोल्न थालेकी छु ।’ विभेदविरुद्व बोल्ने र वकालन गर्ने उनमा विद्रोहको झिल्को सानैदेखि थियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

सुशीला आफ्नै पहलमा सामाजिक विभेद अन्त्य भई परिवर्तन होस् भन्ने चाहन्छिन् । प्रदेश सभाको दोस्रो कार्यकाल सरकार बनाउन र गिराउनमा केन्द्रित भए पनि उनी संसद्मा पटक–पटक आफ्नो समुदायका भोगाइ र समस्याबारे बोलिन् । उनले ‘रोस्ट्रम’मा उभिएर सरल र बजनदार ढंगले बोल्दा सबै सांसदहरूको ध्यान खिच्छिन् । सुशीला जिल्ला र समुदायका जनताले भोगेका पीडा र दुःखलाई लुम्बिनीको संसद्मा खुलस्त राख्न थालेकी छन् ।

Vianet communication
Laxmi Bank

प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ९ महिला सांसदमध्ये सुशीलाको फरक पहिचानले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अहिले लुम्बिनीमा बजेट अधिवेशन चलिरहेको छ । ‘संसद्मा बोल्न समय माग गरिरहेकी छु । भनेजति समय पाएकी छैन,’ उनले भनिन् ।

वादी समुदायका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनका अवसरमा पछाडि पारिएको छ । ‘कानूनले उन्मूलन गरेको छुवाछुत र जातीय विभेद व्यवहारमा अझै हट्न सकेको छैन,’ सुशीला भन्छिन्, ‘हाम्रो समुदायलाई गरीबी र सामाजिक उपेक्षाले रोकेको छ । त्यसलाई तोड्न जरुरी छ ।’

नेपालको जनसंख्या अनुसार वादी समुदाय देशभर करीब ४० हजार जति मात्र रहेका छन् भने लुम्बिनी प्रदेशमा जम्मा ८ हजार छन् । वादी समुदायका अधिकांश मानिसहरू माछा मार्ने, नाचगान गर्ने, ज्याला मजदुरीदेखि भारतमा रोजगारी गरी जीविकोपार्जन गरिरहन्छन् । उनले एसएलसी उत्तीर्ण गरे पनि गरीबी र अशिक्षाले गर्दा उच्च शिक्षा अध्ययन गर्न पाइनन् । आर्थिक अभावले गर्दा एसएलसीपछिको शिक्षालाई निरन्तरता दिन नसकेको उनको गुनासो छ तर पढ्न नपाएकोमा सुशीलामा कुनै हिनताबोध छैन ।

सुशीला भन्छिन्, ‘मसँग उच्च शिक्षाको प्रमाणपत्र त छैन । अनुभवको डिग्री मसँग छ ।’ सुशीलाको जीवन अनुभव नै अनुभवले भरिएको छ ।

विद्यालय तहमा पढ्दा पनि उनले चरम जातीय विभेद भोगिन् । स्कूलमा पनि जातीय छुवाछुत थियो । त्यसैले कहिल्यै अरुसँगै अगाडि बस्न पाइनन् । सुशीला भन्छिन्, ‘मलाई विद्रोह गर्न मन लाग्थ्यो, त्यतिबेलै अधिकारका लागि लड्ने निधो गरें ।’

३८ वर्षीया युवा सांसद सुशीलाले शुरूशुरूमा संसद्मा बोल्दा गाह्रो महसूस गरे पनि अहिले उनलाई कुनै धक् लाग्दैन । संविधानले नेपालका आदिवासी, जनजाति र अल्पसंख्यक समुदायविरुद्ध हुने भेदभावलाई बन्देज लगाएको छ । प्रदेशसभा सदस्यको रूपमा वादीले गर्न सक्ने भनेको चेतना जगाउनु रहेको सुशीला बताउँछिन् । वादी समुदायमा वर्षाैंदेखि गरेको नेतृत्वका कारण आफू सांसदको भूमिकाका लागि तयार भए पनि काम गर्न गाह्रो हुने वादी बताउँछिन् । ‘वादीहरूलाई उपलब्ध थोरै अधिकार र समाजप्रति पूरा गर्नुपर्ने दायित्व नै मेरो चुनौती हो,’ सुशीला भन्छिन्, ‘मेरो आवश्यकता पूरा गर्न सके जति गर्छु ।’

कांग्रेस जिल्ला सदस्य सुशीलामा पालिकाको नेतृत्व गर्ने रुचि थियो तर पार्टीले उनलाई सांसद बनायो । सुशीला र उनका पति प्रकाश नेपाली पनि अधिकारकर्मी हुन् । दाङ, बाँके, सुर्खेत, दैलेख लगायतका जिल्लामा बसोबास गर्ने वादी समुदायको अधिकारका क्षेत्रमा प्रकाशले काम गर्दै आएका छन् । विभिन्न समयमा वादी समुदायले गरेको आन्दोलन र महिलामा आएको चेतनाको विकासले समुदायमा ठूलो परिवर्तन आएको छ ।

विक्रम संवत् २०६५ सालमा सरकारले वादी समुदायलाई देह व्यापारमुक्त भनेर घोषणा गर्‍यो । बाँके, दाङ लगायतका केही जिल्लामा त्यसअगावै नै आंशिकबाहेक धेरै ठाउँमा देह व्यापार बन्द भइसकेको थियो । 

पछिल्लो २ दशकमा वादी समुदायका महिलामा ठूलो परिवर्तन आएको छ । पेशा, व्यवसाय र कसैले पशुपालन गरेर आयआर्जनको बाटो अँगाल्नु मात्रै पर्याप्त नभएको सुशीलाको भनाइ छ । वादी समुदाय सीप र कलाको पारखी, संस्कृतिका धनी र स्वाभिमानी समुदाय हुन् । ‘यो समुदायको वास्तविक इतिहासलाई खोतलेर उत्पीडनको विशिष्टतालाई आत्मसात् गरी राज्यले उचित नीति लिनुपर्छ,’ सुशीलाले भनिन् ।

राज्यका हरेक निकायमा मूल प्रवाहीकरणका निम्ति वादी समुदायले विभिन्न समयमा निरन्तर आन्दोलन गर्दै आएको छ । ‘सीमान्तकृत समुदायले भोग्दै आएका विभेद/हिंसा प्रदेश सभाबाट नै अन्त्य गर्न नियम, कानून निर्माण र कार्यान्वयनको पक्षमा लैजान पहल गर्नेछु,’ सुशीलाले भनिन् ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि मनोनयन दर्ता शुरू भएको छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार साँझ ५ बजेपछि मनोनयन दर्ता शुरू भएको हो । ...

असोज १३, २०८०

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।​ कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज...

असोज १३, २०८०

नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै क...

असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...

असोज १३, २०८०

नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।  यसअघ...

असोज १३, २०८०

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा (सुर्खेत) नियुक्त भएका छन् । साउन १० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णअनुसार सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा विश्वक...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x