११ साउन २०८३, सोमबार

प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको एमालेको ठहर, सदनमा जवाफ माग्ने

जेठ २०, २०८०
काठमाडौं
प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको एमालेको ठहर, सदनमा जवाफ माग्ने
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गरेको छ । 

शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीप्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसद्‌मा जवाफ माग गर्ने निर्णय गरिएको उनले बताए ।

प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीतका कुनै विषय उठान गर्न नसकेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बङलादेशसम्म पुग्ने बाटो दिए कालापानी र लिपुलेक दिन सकिने अभिव्यक्ति दिएका थिए । 

उनले नेपाल फर्केपछि पनि सीमा विवाद समाधन गर्न ‘बंगलादेश मोडल’ बारे पनि छलफल भएको स्वीकारेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्