लोकान्तर संवाददाता
काठमाडौं, २५ पुस – पश्चिम कर्णाली क्षेत्रमा निर्माणका क्रममा रहेको तिला १ र तिला २ जलविद्युत आयोजनामा कर्णालीबासीले १ लाखसम्म शेयर लगानी गर्न पाउने भएका छन् ।

तिला १ मा सरकारको पनि निश्चित शेयर लगानी हिस्सा रहने गरी दुइवटै आयोजनामा कर्णाली प्रदेशका प्रतिपरिवार १ लाख रुपैयाँ ‘इक्विटी शेयर’ रहने गरी आयोजना विकासकर्तासँग सहमति भइसकेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । शेयर वितरणको काम छिट्टै अघि बढ्ने उर्जा मन्त्री जनार्दन शर्माले बताए ।
जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित हुँदा जिवनस्तर र राष्ट्रको समृद्विमा पनि योगदान पुग्ने मन्त्रालयको ठहर छ ।
सुदूरपश्चिमको कालिकोटमा अवस्थित तिला १ को कुल विद्युत उत्पादन क्षमता ४ सय ४० मेगावाट र तिला २ को कुल ४ सय २० मेगावाट हो ।