×

NMB BANK
NIC ASIA

थुनछेक बहस

शरणार्थी प्रकरण: जब अन्य 'हाई प्रोफाइल'लाई पक्राउ गर्न मिल्ने नजिर इजलासमा पेश भयो

काठमाडाैं | जेठ २३, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा जारी थुनछेक बहसका क्रममा मंगलवार नयाँ विषयले प्रवेश पायो ।

Muktinath Bank

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा एक वकिलले सोही अदालतको पुरानो नजिर पेश गर्दै यसमा मुछिएका अन्य पात्रलाई पक्राउ गर्नुपर्ने माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा. अजय क्रान्ति शाक्य, उनका स्वकीय सचिव राजेश बज्राचार्य, नेपाली कांग्रेसकी सांसद आरजु देउवा, मञ्जु खाँण, तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, बिचौलिया बेचन झासहितलाई पक्राउ गरी छानबिन गर्न थुनछेक बहसकै क्रममा आदेश गर्न सकिने उनको तर्क थियो ।


Advertisment
Nabil box
Kumari

जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले काठमाडौं जिल्ला अदालतबाटै थुनछेक बहसका क्रममा त्यसरी आदेश समेत भइसकेको नजिर प्रस्तुत गरेका थिए ।

Vianet communication

उनले २०७८-सी१-००२३ नम्बरको ठगी मुद्दालाई नजिरका रूपमा पेश गरेका थिए । 'सौगात सुनुवार समेतको किटानी जाहेरीमा दुईजना प्रतिवादीविरुद्ध ठगी मुद्दा दायर भएको थियो,' उनले इजलासमा भने, 'त्यस मुद्दामा किटानी गरिएका दुई प्रतिवादीले इजलाससमक्ष बयान गर्दा तेस्रो प्रतिवादी नवराज ढकालको पनि नाम लिएपछि थुनछेक बहसकै क्रममा काठमाडौं जिल्ला अदालतले ढकाललाई पक्राउ गरी अनुसन्धान गर्न आदेश गरेको थियो ।'

नवराज ढकालको नाम न किटानी जाहेरीमा थियो, न त अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा उनलाई प्रतिवादी कायम नै गरिएको थियो ।

'सोही मुद्दामा जाहेरीमा किटान गरिएका तथा पक्राउ गरिएका दुईजना प्रतिवादीले यही अदालतमा बयानका लागि ल्याउँदा ढकालको नाम पोलेका थिए,' अधिवक्ता कट्टेलले भने,'त्यसपछि इजलासबाट आदेश भई ढकाललाई पक्राउ गरी पेश गरिएको थियो ।'

पछि उक्त मुद्दामा थुनछेकका क्रममा २०७८ भदौ ३० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले ८ लाख धरौटी तारेखमा ढकाललाई रिहा गर्ने आदेश गरे ।

'त्यो ठगी मुद्दामा धरौटी तारेखमा रिहा भएका ढकाललाई अहिले यही नक्कली शरणार्थी प्रकरणमा पनि प्रतिवादी बनाइएको छ श्रीमान्,' कट्टेलले थपे, 'विगतमा जसरी ढकाललाई थुनछेककै क्रममा इजलासबाट पक्राउ गर्न आदेश भएको थियो त्यसैगरी यो नक्कली शरणार्थी प्रकरणमा पनि मौकामा बयान गरी पोलिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरी छानबिनको आदेश गर्न सकिन्छ श्रीमान ।'

जाहेरी, आदेशसहित सम्बन्धित कागजात:

null

nullnullnullnull

कट्टेलले उक्त नजिर पेश गर्दा इजलासमा उपस्थित कानून व्यवसायीदेखि न्यायाधीश समेत आश्चर्यमा परेका थिए । त्यसपछि न्यायाधीश न्यौपानेले उक्त मुद्दा नम्बरको टिपोट गरे र इजलास अधिकृतलाई उक्त मुद्दाको सबै कुरा हेर्न भनेका थिए ।

त्यसैगरी जाहेरवालाको तर्फबाट बहस गरेका अर्का अधिवक्ता स्वागत नेपालले पनि अनुसन्धानका क्रममा छानबिनको दायरामा देखिएका हाई-प्रोफाइल व्यक्तिहरूलाई अझै नल्याएकोप्रति आपत्ति जनाएका थिए ।

'मौकामा पक्राउ परेका प्रतिवादीहरूले प्रस्टरूपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल', उनकी श्रीमती नैनकला थापा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, नेपाली कांग्रेसकी नेत्री आरजु देउवा, मञ्जु खाँणलाई नगद नै बुझाएको भनेर बयान गरेका छन् । त्यसको अडियो भिजुअल पनि छ । केपी शर्मा ओलीका सल्लाहकार अजय क्रान्ति शाक्य र केपी शर्मा ओली हुँदै पुष्पकमल दाहाल 'प्रचण्ड'सम्मको नाम पोलेको देखिन्छ,' इजलासमा बहस गर्दै नेपालले भने, 'ती हाई-प्रोफाइल व्यक्तिमध्ये कतिपयलाई नगदै बुझाएको भनिए पनि हालसम्म नतानिनुमा अनुसन्धान अधिकृतको निष्पक्षतामाथि पनि प्रश्न उठेको छ ।'

अपराधसंहिताको दफा ९९ लाई उद्धृत गर्दै उनले थपे, 'पक्राउ गर्नुपर्नेलाई नगर्ने र नगर्नेलाई गरेको खण्डमा अनुसन्धान अधिकारीलाई समेत ६ महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवाना हुनसक्ने नयाँ प्रावधान राखिएको छ । पक्राउ गर्नुपर्नेलाई नगरे अनुसन्धान अधिकृतमाथि पनि उक्त कानून आकर्षित हुन सक्छ ।'

अभियोजन गर्ने सरकारी वकिलमाथि पनि कैद र जरिवानाको प्रावधान राखिएको तर त्यसका लागि महान्यायाधिवक्ता कार्यालयको अनुमति लिनुपर्ने प्रावधानबारे उनले चर्चा गरेका थिए ।

अधिवक्ता नेपालले उक्त प्रसंग ल्याउँदा न्यायाधीश न्यौपानेले उक्त प्रावधानबमोजिम कुनै अनुसन्धान अधिकृतलाई कारवाही भएको छ ? भनेर प्रश्न गरेका थिए ।

जबर्जस्ती करणीको मुद्दामा पक्राउ गर्नुपर्नेलाई पक्राउ नगरेको तथा पक्राउ नगर्नुपर्नेलाई पक्राउ गरेको भन्दै एकजना अनुसन्धान अधिकृतलाई कारवाही भएको नजिर अधिवक्ता नेपालले सुनाए ।

नक्कली शरणार्थी प्रकरण श्वेत अपराध भएको जिकिर पनि उनले गरे ।

मन्त्रिपरिषदलाई भएको अधिकार तत्कालीन गृहमन्त्री खाँणले प्रयोग गरी तत्कालीन गृह सचिवलाई निर्देशन दिएर सचिवस्तरीय निर्णयबाट झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई नक्कली शरणार्थीको नाम पनि प्रतिवेदनमा समावेश गर्न आदेश दिनुले पनि उक्त अपराध 'ह्वाइट कलर क्राइम' ठहर हुने उनको जिकिर थियो ।

उनले लामो समय उक्त अपराध संगठित अपराध भएको, राष्ट्रहित विपरीत भएको, 'ह्वाइट कलर क्राइम' भएको भनेर व्याख्या गरेका थिए । मिसिलमा संलग्न अडियो, भिजुअललाई तत्काल प्राप्त प्रमाणको रूपमा लिनुपर्ने समेत उनको माग थियो ।

त्यसअघि बहस गरेका सरकारी वकिलहरू सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलनले पनि तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू निर्दोष नदेखिने प्रशस्त आधार रहेकाले थुनामा राख्नुपर्ने माग गरेका थिए ।

प्रतिवादीहरूको राज्यको शक्तिशाली निकायसम्म पहुँच कायम नै रहेको हुनाले धरौटी तारेखमा राखे प्रमाण लोप गर्न सक्ने, नष्ट गर्न सक्ने जिकिर उनीहरूको थियो ।

'पक्राउ पर्नुअघि पनि केही प्रतिवादीले प्रमाण नष्ट गरेका थिए, पक्राउ परेपछि हिरासतमा रहँदा पनि अनुसन्धान प्रभावित गर्न खोजेका थिए,' उनीहरूले बहसका क्रममा भनेका थिए, 'अहिले उनीहरूलाई थुनामा नराख्ने हो भने पीडित जाहेरवालाहरूका साथै साक्षीहरू पनि तत्काल प्रत्यक्ष थ्रेटमा पर्न सक्छन् ।'

अहिले पनि धेरै पीडितले आफ्नो ज्यानको डरले जाहेरी नदिएको, धरौटीमा रिहा भए झन् पीडितहरू असुरक्षित हुने भएकाले प्रतिवादीहरूलाई थुनामा पठाउनुपर्ने उनीहरूको माग थियो ।

जाहेरवालाले दिएको जाहेरी, मौकामा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज, विभिन्न बयानको अडियो, भिजुअलसहित पेश गरिएको सिडी तथा पेन ड्राइभ, अदालतमै पनि कतिपयको स्वीकारोक्ति बयान, लेनदेन भएको प्रमाण, बैंक स्टेटमेन्ट, खातामा जम्मा भएको रकम, विभिन्न मनी ट्रान्सफरबाट पठाइएको रकम, विभिन्न प्रतिवादीहरूबीच व्हाट्सएप तथा भाइबरमा भएको संवादको स्क्रिन शटलागयतका प्रमाणहरू तत्काल प्राप्त प्रमाण भएको जिकिर उनीहरूले गरेका थिए ।

अदालतमा प्रतिवादीहरूले एक अर्कालाई नचिनेको भनेर इन्कारी बयान गरेको भए पनि प्रतिवादीहरूबीच ४९ पटकसम्म फोनमा भएको कुराकानीको कल डिटेल, गृहमन्त्रालयका कतिपय कर्मचारीहरू, तत्काल गठित कार्यदलका संयोजकदेखि सदस्यहरू, अन्य सुरक्षाकर्मीदेखि पीएसओ, ड्राइभर आदि समेतले गरेका कागजहरूलाई तत्काल प्रमाणको रूपमा इजलासले ग्रहण गरी थुनामा पठाउनुपर्ने जिकिर पनि उनीहरूले गरेका थिए ।

जाहेरवालाको तर्फबाट  वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता दीपकराज रेग्मी, अधिवक्ता सुशील शर्मा सापकोटा, अधिवक्ता राधिका चौलागाईंले पनि बहस गरेका थिए ।

बुधवारदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x