२९ जेठ २०८३, शुक्रबार

वडाध्यक्ष मियाँ ५० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा

जेठ २३, २०८०
काठमाडौं
वडाध्यक्ष मियाँ ५० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस रकमसहित  नियन्त्रणमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले वडाध्यक्ष मियाँले नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडाध्यक्ष मियाँले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित मंगलवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्