२८ जेठ २०८३, बिहीबार

ओडिशा रेल दुर्घटना : ४ दिनदेखि आफन्तको शव खोज्दाखोज्दै हैरान, एकै शवमा ६ जनाको दाबी

जेठ २४, २०८०
काठमाडौं
ओडिशा रेल दुर्घटना : ४ दिनदेखि आफन्तको शव खोज्दाखोज्दै हैरान, एकै शवमा ६ जनाको दाबी

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानमा समस्या देखिएको छ ।

दुर्घटनापछि शवहरू क्षतविक्षत भएकाले एकै शवमाथि धेरै व्यक्तिले दाबी गर्न थालेका छन् । दुर्घटनामा २८८ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये हालसम्म २०५ जनाको पहिचान भइसकेको र अन्यको पहिचान हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिचान नभएका शवको खोजीमा रहेका आफन्तहरू विगत ४ दिनदेखि हैरानीका साथ भड्किरहेका छन् । एकातिर आफन्त गुमाएको पीडा छ भने अर्काेतिर शव पहिचानमा ढिलाइ भइरहेको कष्ट ।

दुर्घटनामा परी मोहम्मद इनाम उल हकका २ भतिजा र १ भाइको निधन भएको छ । उनी शवको खोजी गरिरहेका छन् । उनका भाइ र २ भतिजा तौसीफ आलम र तौसीर आलम रेलमा यात्रा गरिरहेका थिए । जसमध्ये उनले १ भतिजाको शव फेला पारेका छन् तर १ भाइ र अर्का भतिजाको शव खोज्न उनलाई समस्या भइरहेको छ ।

एकै शवमा धेरैले दाबी गर्न थालेपछि र शव पहिचान गर्न समस्या भएपछि अब प्रशासनले डीएनए परीक्षणको सहारा लिने भएको छ । जसको डीएनए मिल्यो, उसलाई शव दिइनेछ ।

मोहम्मद इनामले पहिचान गरेको भतिजाको शवमा अन्य ५ जनाले दाबी गरिरहेका छन् । जसले गर्दा उनले पहिचान गरेको शवको समेत डीएनए परीक्षण हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्