०४ साउन २०८३, सोमबार

दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

जेठ २४, २०८०
काठमाडौं
दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसद्‍अन्तर्गत आज दुवै सदनको अलग-अलग बैठक बस्दैछ ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेबाट शुरू हुनेछ । प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

आजै राष्ट्रियसभा बैठक पनि बस्दे छ । मंगलवार बस्दै नबसी सरेको बैठक आज बिहान ११:११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।

salt training

कमेन्ट गर्नुहोस्