
स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् ।
उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट नजिकैबाट मंगलवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनले बोकेको झोलाबाट भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ४ लाख १७ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।
भारतीय रुपैयाँ ५०० दरका नोट ७ सय ९४ थान र २०० दरका नोट १०० थान फेला परेको प्रहरी नायब उपरीक्षक घलेले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।