१३ असार २०८३, शनिबार

टेलिकमको प्रवेश फाइभजीमा, ५८ लाख प्रयोगकर्ता अझै थ्रीजीमै सीमित

जेठ २४, २०८०
काठमाडौं
टेलिकमको प्रवेश फाइभजीमा, ५८ लाख प्रयोगकर्ता अझै थ्रीजीमै सीमित

नेपाल टेलिकम तीव्र गतिको मोबाइल इन्टरनेट फाइभजी प्रविधिमा प्रवेश गरिसकेको छ । फाइभजीको आन्तरिक परीक्षण गरेर व्यावसायिक प्रयोग गर्न उपयुक्त समयको पर्खाइमा टेलिकम छ । तर टेलिकमका ५८ लाख ७० हजार प्रयोगकर्ता भने अझै थ्रजी प्रविधिमै छन् ।

टेलिकमको सेवा प्रयोग गरेर मोबाइल इन्टरनेट (डेटा) प्रयोग गर्नेको संख्या १ करोड ८२ लाख भन्दा बढी छ । यसमध्ये अहिलेसम्म १ करोड २३ लाख भन्दा बढीले फोरजी डेटा प्रयोग गरिरहेका छन् भने अझै ५८ लाख प्रयोगकर्ता थ्रीजी मै रहेका नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखमा सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकले देखाएको छ ।

टेलिकमको थ्रीजी नेटवर्कमा चल्ने इभीडीओका प्रयोगकर्ता पनि १ लाख ३६ हजार छन् । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार पुरानो प्रविधि भए पनि ग्राहकले अझै प्रयोग गरिरहेकाले टेलिकमले इभीडीओको सेवा दिँदै आएको हो । यो प्रविधि टेलिकमले विस्थापन गर्दै गरेको सीडीएमए प्रविधिको सीमकार्डबाट चल्छ । ग्राहकले रुचाएर चलाइरहेको र सन्तुष्ट ग्राहकलाई सेवा दिइरहनुपर्ने दायित्व भएर इभीडीओ पनि सञ्चालनमा रहेको टेलिकमले जानकारी दिएको छ ।

पछिल्लो समय सबैतिर फोरजी चल्छ । फोरजीबाट इन्टरनेट चलाउँदा पनि प्याकेज लिन सकिने, थ्रीजीको तुलनामा गति तीव्र हुने र तुलनात्मक रूपमा महंगो पनि नभएकाले ५८ लाख टेलिकमका ग्राहक थ्रीजीमै सीमित छन् ।

टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार पुराना ग्राहकले आफूलाई अपडेट नगराएको, पुरानो सीमकार्ड हुनेले परिवर्तित नयाँ सीम नलिएको र थ्रीजीमै केही ग्राहक सन्तुष्ट रहेकाले फोरजीमा अपडेट नहुँनेको संख्या ५८ लाख कायम भएको हो ।

पछिल्लो समय वितरण हुने सबै सीम फोरजीकै हुने गरेको भए पनि ग्राहकले प्रयोग गर्ने सेटका कारण थ्रीजीका प्रयोगकर्ताको संख्या ठूलो देखिएको उनका बुझाई छ ।

उनका अनुसार विस्तारै ग्राहकले आवश्यकताका आधारमा अफूलाई अपडेट गर्दै जाँदा फोरजी प्रयोगकर्ताको सख्या बढ्दै जाने र थ्रीजीको घट्दै जानेछ ।

टेलिकमका २ करोड ८ लाख प्रयोगकर्ता पुगेका छन् । ब्रोडब्याण्ड प्रयोगकर्तासमेत गरेर इन्टरनेट प्रयोग गर्नेको संख्या भने १ करोड ९६ लाख पुगेको छ । यसमध्ये तारको माध्यमबाट विस्तार भएको एडीएसएलका प्रयोगकर्ता २ लाख ८१ हजार र एफटीटीएचका प्रयोगकर्ता ९ लाख ७३ हजार रहेका टेलिकमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्