२६ जेठ २०८३, मंगलबार

नेप्सेमा सामान्य सुधार, दुई अर्ब ३६ करोडको कारोबार

जेठ २४, २०८०
काठमाडौं
नेप्सेमा सामान्य सुधार, दुई अर्ब ३६ करोडको कारोबार

शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर तीन सय ६५ दशमलव ४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता शेयर रु दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । 

सोल्टी होटलको रु १० करोड १३ लाख १० हजार सात सय ३४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु आठ करोड ९७ लाख २१ हजार चार सय ९१, नागरिक लगानी कोष रु छ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५२ लाख ९० हजार दुई सय ६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु पाँच करोड ६७ लाख ७१ हजार एक सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्