×

NMB BANK
NIC ASIA

एक्सनएड इन्टरनेशनल नेपालको ४० वर्षे यात्रा समीक्षा

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले ४० औं स्थापना दिवस र १९ औं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।

Muktinath Bank

काठमाडौंमा बुधवार एक कार्यक्रमकाबीच एक्सनएड इन्टरनेशनलको ४० वर्षे यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्सनएड इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै एक्सनएड इन्टरनेशनल नेपालले काम शुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताइन् । समय, सन्दर्भ र परिवेश अनुसार विभिन्न अवधारणा तथा दृष्टिकोणलाई केन्द्रमा राखेर काम गर्दै आएको स्मरण गराउँदै उजले परिवर्तनशील समय र परिस्थितिअनुसार आफ्ना अवधारणा र दृष्टिकोणलाई समयानूकुल र लचिलो बनाउँदै सामाजिक न्याय र गरिबी निवारणमा प्रतिवद्ध हुनुपर्ने बताइन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले एक्सनएडले विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै अब शुरु गर्न लागेको जलवायु परिवर्तनलगायतका कार्यक्रमका लागि शुभकामना दिए । एक्सनएडले गर्ने कामका लागि सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता थियो ।

Vianet communication
Laxmi Bank

यस्तै, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले एक्सनएड नेपालले गरिरहेको जलवायु न्याय लगायतका अभियानहरूले दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुगिरहेको बताए । सीमित श्रोत साधनका बीच लक्षित वर्गसम्म पुग्नु चुनौती भएको उनले बताए ।​

एक्सनएड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७ मा युके र केन्याबाट शुरु भएको यात्राको स्मरण गर्दै अहिले ७२ देशहरूमा पुगेकोमा यो गर्वको विषय भएको बताए । एक्सनएडले महिला र युवाहरूलाई प्राथमिकतामा राखेर समय र सन्दर्भअनुसार लचिलो भएर काम गरेर सफल उदाहरणहरू प्रस्तुत गर्न सफल भएकोमा बधाई दिँदै एक्सनएड इन्टरनेशनल नेपाललाई आगामी यात्राका लागि शुभकामना दिए ।

यस्तै, स्वतन्त्र मूल्यांकनकर्ता राजेश हमालले मानिसहरूको जीवनमा महिला अधिकार, शिक्षा, जीविकोपार्जन, विपद् व्यवस्थापन तथा उत्थानशीलतामा एक्सनएड इन्टरनेशनलले गरेका उदाहरणीय कामहरू प्रस्तुत गरे ।

यी क्षेत्रमा काम गर्दा एक्सनएड नेपालले स्थानीय तहसँग समन्वय, आर्थिक तथा सामाजिक रुपमा पछि रहेकाहरूको संगठनसँग समन्वय, प्राविधिक तथा जिन्सी सहयोग, नागरिक तथा सम्बन्धित निकायबीच समन्वय गर्ने कार्यशैली प्रभावकारी भएको उनले बताए ।

आन्दोलन, अभियान, वकालत, विभिन्न संघसंगठनको सुदृढीकरण गर्दै गरेको परिवर्तनको यसको सवल पाटो रहेको उनको भनाइ थियो । सबै क्षेत्रमा काम गर्नुभन्दा कुनै एक वा दुई क्षेत्रमा मात्रै काम गरेर नमुना रुपमा काम गरेर सरकार र अन्य सरोकारवाला संघसंगठनलाई सहयोग गर्न उनले सुझाव दिएका छन् ।

कार्यक्रममा आन्तरिक परीक्षक योजना सिंह क्षेत्रीले संस्थाको २०२२ को आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

पटेर्वा सुगौली गाउँपालिका ४ की पुतलीदेवी चौधरीले एक्सनएडको सहयेगमा महिला समूहमा आवद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्री गरेर आत्मनिर्भर बनेको बताइन् । साथै सोही आम्दानीबाट बालकालिकाको शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरेको उनको भनाइ थियो ।

तेह्रथुमको लालीगुँरास गाउँपालिकाकी डम्बरकुमारी कार्कीले एक्सनएड इन्टरनेशनल र स्थानीय दलित सचेतना केन्द्रको सहयोगमा दलित र अन्य समुदायका महिलाहरू आर्थिक रुपमा सक्षम भएको, समान कामको समान ज्यालाका लागु भएपछि सहज अनुभव भएको बताइन् ।
एक्सनएडले सामाजिक सवाललाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

एक्सनएड इन्टरनेशनल नेपाल विभिन्न ४५ वटा देशमा क्रियाशील एक्सनएड इन्टरनेशनल फेडेरेसनको सदस्य हो । एक्सनएडले आफ्नो फेडेरेसनमार्फत १ करोड ५० लाख मानिसहरूसँग प्रत्यक्ष काम गरिरहेको छ । एक्सनएडको स्थापना १९७२ भएको थियो भने नेपालमा यसको स्थापना सन् १९८२ मा भएको थियो । 

यसले गरिबी तथा बहिष्करणमा रहेका सीमान्तकृत समुदायका मानिसहरूको संगठन, आन्दोलन र अभियानसँग समन्वय तथा सहकार्य गरेर मानवअधिकार, नारीवादी दृष्टिकोणका साथ उनीहरूको न्याय स्थापना र गरिबी निवारणको लागि काम गर्दै आएको छ ।

अहिले एक्सनएड नेपाल यसै दृष्टिकोणमार्फत महिला तथा युवाहरूको आन्दोलन र अभियानलाई समर्थन र सहयोग गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x