०४ असार २०८३, बिहीबार

बारामा १४ दिने छोराको हत्या गरी फरार अभियुक्त काठमाडौंबाट पक्राउ

जेठ २४, २०८०
काठमाडौं
बारामा १४ दिने छोराको हत्या गरी फरार अभियुक्त काठमाडौंबाट पक्राउ

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । 

जेठ १४ गते छोराको हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्