२५ जेठ २०८३, सोमबार

पार्टी सुद्धिकरणका लागि नयाँ ढङ्गबाट अगाडि बढ्छौं : गगन थापा

जेठ २५, २०८०
विराटनगर
पार्टी सुद्धिकरणका लागि नयाँ ढङ्गबाट अगाडि बढ्छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा असहमति जनाएका छन् ।

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उनले बताए ।

भारतले जारी गरेको सांस्कृतिक नक्सामा नेपालका लुम्बिनीलगायतका क्षेत्र समेटिएपछि यो विषयमा नेपालमा बहस भइरहेको छ । ‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो सांस्कृतिक र भौगोलिक  नक्सा जारी गर्नुपर्छ,’ उनले भने ‘यसमा भारतले कुनै चासो दिँदैन होला ।’

फरक प्रशंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताएका छन् । ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं’ उनले भने ।

सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए । ‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाए भने पार्टी अप्ठ्यारोमा पर्छ । तर लामो समयदेखि बैठक बसेको छैन । हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने ।

पार्टीका साथीहरूले दुई जना महामन्त्रीबाट आशा राख्नु स्वभाविक भएको उनले बताए । ‘जुन तरिकाले  प्रयास गरेका थियौं, त्यसको परिणाम देखिएको छैन, पार्टी सुद्धिकरणका लागि अब नयाँ तबरबाट अगाडि बढ्छौं’ उनले भने ।

पार्टीमा देखिएका समस्यालाई भदौमा हुने नीति अधिवेशनले सम्बोधन गर्ने उनको विश्वास थियो ।

salt training

कमेन्ट गर्नुहोस्