×

NMB BANK
NIC ASIA

ओलीको बोली

प्रचण्डप्रति ओलीको कटाक्ष– सत्ताका लागि जनै चुँडाउन, टुप्पी काट्न, ढाकर बोक्न पनि तयार !

काठमाडाैं | जेठ २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताप्राप्ति र सत्ताको अवधि लम्ब्याउनका लागि जेसुकै गर्ने गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

शासन सत्ता प्राप्तिका लागि भैँसी पूजा गरेको र टिकाउन गेरुवस्त्र धारण गरेर १०८ किलोको ढाकर बोकेको टिप्पणी उनले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथ ग्रहण समारोहलाई बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले प्रचण्ड शासन सत्ताका लागि जेसुकै गर्न तयार रहेको आरोप लगाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘जसरी हुन्छ, शासन प्राप्त गर्ने र त्यसलाई टिकाउन घुँडा टेकेर, लम्पसार परेर, भैँसी पुजन गरेर, गेरुवस्त्र धारण गरेर, जेसुकै गर्न पनि तयार, टुप्पी काटेर जनै चुँडाउन पनि तयार, किरियापुत्री मार्न पनि तयार, १०८ किलोको ढाकर बोकेर जान पनि तयार,’ ओलीले भने, ‘शासनमा लुप्त दुर्योधन पनि थियो, तर स्वाभिमानी थियो । लम्पसार पर्दैनथ्यो ।’ 

Vianet communication
Laxmi Bank

भारत भ्रमणमा गएका प्रचण्डले हालै भारतको एक मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेका थिए ।

ओलीले माओवादीले दस्तावेजमा नलेखे पनि प्रचण्डपथ जीवित रहेको दाबी गरे । ‘प्रचण्डपथ सिद्धियो भन्नुहोला, दस्तावेजमा लेख्दैनन् होला, तर प्रचण्ड कायम रहुञ्जेल प्रचण्डपथ कायम रहन्छ । यो भनेको कुनै उद्देश्य नभएको, सत्ता स्वार्थ भएको पथ हो,’ ओलीले भने । 

सिक्किमका नेता लेन्डुप दोर्जेको नाम लिँदै ओलीले शासकहरू सत्तालोलुप हुँदा देश नै गुम्ने गरेको टिप्पणी गरे । ‘लेन्डुपदोर्जेले देश सुम्पेर मुख्यमन्त्री खायो, वास्तवमा त्यो नरपिचास हो,’ ओलीले भने । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x