०८ साउन २०८३, शुक्रबार

नयाँ चिज माग्नेभन्दा निर्माण सकिएका परियोजनाको कार्यान्वयनमा जुटौं : विष्णु पौडेल

जेठ २५, २०८०
बुटवल
नयाँ चिज माग्नेभन्दा निर्माण सकिएका परियोजनाको कार्यान्वयनमा जुटौं : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्माण सम्पन्न भएका परियोजनाको प्रभावकारी कार्यान्वनतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

बुटवलमा शुरू भएको लुम्बिनी केबलकारको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले चालू आयोजना पूरा गर्दै निर्माण सकिएका परियोजनाको प्रभावकारी कार्यान्वनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । ‘मुलुकमा नयाँ चिज माग्नेतिर नलागौं । शुरू भएका आयोजना पूरा गरौं । निर्माण सम्पन्न भएका परियोजनाहरू पूर्णरूपमा कार्यान्वयन गरौं’ उनले भने ।

नयाँ र चालू अवस्थामा रहेका आयोजनालाई बजेट अभाव नगराउन उनले सरकारसँग आग्रह समेत गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनतर्फ सरकार लाग्नुपर्ने पौडेलको भनाइ छ ।

लुम्बिनी गुरूयोजना पूरा गरेर वृहत् लुम्बिनी गुरूयोजना अगाडि बढाउन सरकारसँग पौडेलले आग्रह गरेका छन् । ठूला विकास परियोजनाबाटको प्रतिफल स्थानीयले समान ढंगले पाउनुपर्ने उनले बताए ।

निर्माणधिन बुटवल–नारायणगढ सडक, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काममा सरकारले ध्यान दिनुपर्ने पौडेलको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्