०२ असार २०८३, मंगलबार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

जेठ २५, २०८०
विराटनगर
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

मोरङको उर्लाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान हुन सकेको छैन । 

दुर्घटनापछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारेमा मे १ ख ३०७३ नम्बर बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा कनकाई नगरपालिका ३ का ३२ वर्षीय बस चालक टंकप्रसाद सुबेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्