
भरतपुर महानगरपालिकाले बिहिबार दुग्ध कृषकहरुलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे । आर्थिक वर्ष ०७९÷०८० दुग्ध सहकारीमा आवद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष ०७४÷०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७४÷०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गरिन् ।