
नेपाली फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले २ मिनेट ५० सेकेन्ड अवधिको ट्रेलर सार्वजनिक गरेको हो । सुरज पाण्डेको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र त्यसले पार्ने असरको कथालाई देखाउन खोजिएको छ । लभ, रोमान्स र बदला ट्रेलरमा देखिन्छ ।
फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट लगायतको मुख्य भूमिका छ । अभिनेत्री शिल्पाले यस फिल्ममा ‘बोल्ड सिन’ दिएकी छन्, जुन ट्रेलरमा देख्न सकिन्छ । दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
फिल्म असार १५ गतेबाट प्रदर्शनमा आउँदैछ । भारतमा पनि फिल्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।