२४ जेठ २०८३, आइतबार

उपप्रधानमन्त्री श्रेष्ठलाई प्रश्न – नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ?

जेठ २६, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठलाई प्रश्न – नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ?

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा बलियो प्रमाण र अभियोजन तयार भएको बताएका छन् । बलियो प्रमाण–अभियोजनसहितको मुद्दा अदालतमा बहसका क्रममा रहेकाले दोषी उम्कन नसक्ने उनको विश्वास थियो ।

साथै उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने बताएका छन् । 

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रवार मन्त्रालय पुगेको डा. संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापासहितका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै मन्त्री श्रेष्ठले शरणार्थी प्रकरणसम्बन्धी थप अनुसन्धानलाई जारी राखिने बताएका हुन् ।

आफूलाई कतिपयले ‘सधैँ गृहमन्त्री होलास् र ? थुनिएकाहरू निस्किदा तेरो के होला ?’ भन्ने गरे पनि बरु शहीदको लाममा मिसिन तयार हुने तर सुशासन र जनसेवाका लागि लडिरहने मन्त्री श्रेष्ठको भनाइ थियो ।

ठोस तथ्यप्रमाणविना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्