असोज १०, २०८०
विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिन...
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि शुक्रवार ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ ।
कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो ।
भारतबाट शुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि ३ वर्ष अगाडि शुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ ।
विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा भारतको हरियाणाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यसबाहेक सेल्फी विथ डटर अभियानका शुरूआतकर्ता सनिल जगलानको समेत उपस्थिति थियो ।
नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरूलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैंगिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे ।
सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिँदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए ।
कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा नेपाल इन्टरनेट फाउन्डेसनले लैंगिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तीकरणमा सधै जोड दिएको छ ।
नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ ।
छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जना गर्न सधैं तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिन...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले बुधवार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले बिहीवार अनन्त चतुर्दशीको अवसरमा सार्वजनिक बिद...
मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । ‘...२०८० साल...
चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् ...
काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउ...
सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...