×

Dabur
MG

सरसर्ती २४ घण्टा

बढी तापक्रमको नयाँ रेडर्क, तराईका धेरैजसो भूभागको तापक्रम ४० डिग्री नाघ्यो

काठमाडाैं | जेठ २७, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ ।
आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलको लेखा र लेखा परीक्षण सम्बन्धमा पनि छलफल गरेको छ ।

yONNEX
Sagarmatha Cement

छलफलमा प्रमुख निर्वाचन दिनेशकुमार थपलियाले आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा सङ्कुचन ल्याउने र प्रतिकूल प्रभाव पार्ने कार्य सरकारबाट हुन नहुने बताए ।
००००
प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केदार कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताएका छन् । 
शुक्रवार आयोगले बोलाएको सर्वदलीय बैठकमा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावमा असहमति राखेको उनले बताए ।
००००
दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम शुक्रबार पुनः ‘ब्रेक’ भएको छ ।     
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखारहावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ । 
००००
तराईका धेरैजसो भूभागहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको  छ ।  बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

यस्तै देशका तराई, भित्री मधेस, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भूभागका धेरै स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम सीमा भन्दा बढी भएको छ ।  जसका कारण हल्का, मध्यम तथा विषम वर्गको लू देखिएको महाशाखाले जनाएको छ ।
००००
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि पेश गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रकाणीकरण निर्णयको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
००००
नक्कली शरणार्थी प्रकरणका हाईप्रोफाइल प्रतिवादी टोपबहादुर रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरूले अर्का प्रतिवादी एवं भुटानी शरणार्थी नेता टेकनाथ रिजालको ‘माइन्ड कन्ट्रोल’ गरिएको आरोप लगाएका छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसका क्रममा पूर्व महान्यायाधिवक्ता रमेश बडालदेखि वरिष्ठ अधिवक्ता सुशील पन्तसम्मले रिजालको माइन्ड कन्ट्रोलको विषयमा जिकिर गरेका थिए ।

Vianet communication
Laxmi Bank

वरिष्ठ अधिवक्ता पन्तले त रिजालको बडीमा कुनै चिप्स नै इन्स्टल भएको हुनसक्ने तथा उनको बडीलाई त्यही चिप्स ह्यान्डल गर्नेले नियन्त्रण गरेको हुनसक्ने आशंका समेत गरे ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा बलियो प्रमाण र अभियोजन तयार भएको बताएका छन् । बलियो प्रमाण–अभियोजनसहितको मुद्दा अदालतमा बहसका क्रममा रहेकाले दोषी उम्कन नसक्ने उनको विश्वास थियो ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए । 

सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताए ।

 सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पारे ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए ।
००००
सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।
आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए ।
००००
सत्तारूढ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् । 
पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले शुक्रवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम वस्तुनिष्ठ हुनै नसक्ने बताए ।
००००
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कृषि, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको नीति कार्यक्रममा १६९ बुँदा समावेश गरिएको छ ।
००००
चालू आवको पहिलो १० महिनामा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले विदेशी विनिमय सञ्चिति  १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...

असोज ६, २०८०

सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् ।  आज स्थानीय समयअनुसार बिहान ...

असोज ६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...

असोज ६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...

असोज ६, २०८०

नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।  प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x