२४ जेठ २०८३, आइतबार

लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ

जेठ २७, २०८०
काठमाडौं
लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ
फाइल तस्बिर

लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीले बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्