२७ जेठ २०८३, बुधबार

छोरा–बुहारीसँग बस्दै आएका वृद्ध दम्पती मृत भटिए

जेठ २७, २०८०
हेटौंडा
छोरा–बुहारीसँग बस्दै आएका वृद्ध दम्पती मृत भटिए

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । ​

हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

उनीहरू कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्