२० असार २०८३, शनिबार

चिकित्सकको लापरवाहीले सुत्केरी महिला र शिशुको मृत्यु भएको भन्दै जिल्ला प्रशासनमा उजुरी

जेठ ३१, २०८०
काठमाडौं
चिकित्सकको लापरवाहीले सुत्केरी महिला र शिशुको मृत्यु भएको भन्दै जिल्ला प्रशासनमा उजुरी

व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।

जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । 

छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिपोर्ट आएपछि छलफल गर्ने सहमति भएको मृतकका हजुरबुबा चीजबहादुर दरैले बताए ।

‘चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको दाबी गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौं’ चिजबहादुरले भने, ‘छानबिनको लागि प्रक्रिया अघि बढाएका छौं, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्