
२८ वर्षीया श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पामा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राई रहेका छन् ।
२८ वर्षीया सरीता तामाङको हत्या गरेको आरोपमा उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको मृत्युपछि बालजीत फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनलाई घर नजिकैको जंगलबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।